Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग-२ : टस जितेर अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरूद्व बलिङ गर्ने भएको छ।

मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलका लागि हिजो ओमानविरुद्ध खेलेकै खेलाडीलाई मैदान उतार्ने भएको छ ।

नेपाल घरेलु टोलीलाई हराउँदै अमेरिका भ्रमण अन्त्य गर्न चाहन्छ। नेपाल र अमेरिकाबीचको पहिलो खेल टाई भएको थियो ।

नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले ओमानलाई ७ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077