Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पाको रानीमहलमा डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार

    पाल्पाको रानीमहलमा डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 852
    SHARES

    पाल्पा । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार गरिएको छ ।

    रानीमहल क्षेत्रमा डुंगा पल्टिदा सातजना नदीमा खसेका थिए । ती मध्ये एक जनाको तत्कालै उद्धार गरिएको थियो भने बाँकी ६ जना बेपत्ता भएका थिए ।



    उनीहरुलाई करिब दुई सय मिटर तलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।



    भारतको गोरखपुरबाट रानीमहल घुम्न गएका पर्यटकहरु चढेको डुंगा पल्टिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार