Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाल्पाको रानीमहलमा डुंगा पल्टिँदा ६ जना बेपत्ता

    पाल्पाको रानीमहलमा डुंगा पल्टिँदा ६ जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् ।

    कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा घुम्न गएका पर्यटकहरु सवार डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका हुन् ।



    र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको बुझिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो ।



    उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।

    खोजी कार्यका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार