Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • केरलामा पर्यटक सवार डुंगा दुर्घटना, २२ जनाको मृत्यु

    केरलामा पर्यटक सवार डुंगा दुर्घटना, २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 435
    SHARES

    एजेन्सी । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

    आइतबार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन् ।



    २५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ। राति दुर्घटना भएकाले उद्धार तथा खोजीका लागि उद्धारकर्मी रातभर खटिएका थिए। अझै केही मानिस बेपत्ताको आशंकामा उद्धार कार्य बिहान पनि जारी छ।



    दुर्घटनाको कारण अझै खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरी रहेको त्यहाँको प्रहरीले जनाएको छ। ​ डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको अधिकारीहरुले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार