Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सिन्धु नदीमा डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु, २६ जना बेपत्ता

    सिन्धु नदीमा डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु, २६ जना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 924
    SHARES

    एजेन्सी । सिन्धु नदीमा डुंगा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता रहेका छन् ।

    एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा रहिम यार खान सहर नजिक सिन्धु नदीमा डुबेको हो ।



    राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन्। क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ।



    दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन्। आपतकाल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ।

    डुंगामा धैरे महिला र बालबालिका सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार