Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नारायणी नदीमा डुंगा दुर्घटना : मृतक तीनै जनाको परिचय खुल्यो

    नारायणी नदीमा डुंगा दुर्घटना : मृतक तीनै जनाको परिचय खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

    वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको थियो ।



    पश्चिम नवलपरासी प्रहरीका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।



    डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार