Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुस्तामा डुंगा दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    सुस्तामा डुंगा दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा डुंगा दुर्घटना भएको छ ।

    सुस्ता गाउँपालिका-४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा डुंगा पल्टिँएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।



    सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका सात जना युवाहरू डुंगा चढेर फर्किँदै थिए ।



    सोही क्रममा बिगेट घोला (कुलोभन्दा ठूलो र खोलाभन्दा सानो पानी जमेको ठाउँ) मा डुंगा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते र मृतक युवाहरूको परिचय खुल्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार