Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आप्रवासी सवार डुंगा डुब्यो : ११ जनाको मृत्यु, १२ अझै बेपत्ता

    आप्रवासी सवार डुंगा डुब्यो : ११ जनाको मृत्यु, १२ अझै बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 867
    SHARES

    फाइल तस्विर

    एजेन्सी । ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । त्यस्तै, १२ जना अझै बेपत्ता भएका छन् ।

    ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा डुबेपछि १४ जनाको उद्धार गरेको छ । शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चारमाध्यम टीएपीले जनाएको छ ।



    आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।



    ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार