Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसपीपीको ‘च्याप्टर क्लोज’ भनेर परराष्ट्रमन्त्री पन्छिन मिल्दैन, अमेरिकालाई पत्र लेख्नुपर्छ : रावल

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) को ‘च्याप्टर क्लोज’ भयो अब नखोतलौं भनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले भने त्यस्तो भन्न नमिल्ले बताएका छन् ।

उनले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह समेत गरे । एसपीपीका बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खडकामार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।

रावलले भने–‘परराष्ट्र मन्त्रीले एसपीपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भईसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ रु अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को र ? त्यसैले अमेरिकालाई पत्र पठाएर नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन, यो अस्वीकार्य छ भनेर पत्र लेख्नुहोस् ।’

‘एसपीपी कार्यक्रमा ‘अमूक देश’सँग सशक्त रुपमा लड्नुपर्छ भनेर भनेको छ, यस्तो प्रस्ताव कहाँबाट आयो रु हामी स्थल सेना हौ रु अब त्यता नजाउ भनेर हुन्छ ? जानुपर्ने हुन सक्छ,’ रावलले अझ थप भने–‘त्यसैले नेपालले त्यस्तो सहायता चाहिँदैन भनेर परराष्ट मन्त्रीले खै पत्र पठाएको ? पठाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077