Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डोटीमा घरभित्र पस्यो चितुवा, दुईजना घाइते

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको छ ।

शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको हो ।

चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको र उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले बताएको छ । यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन्।

अहिले जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन बन कार्यालय डोटीको टोली र स्थानीयको सहयोगमा चितुवालाई बनतिर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077