Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको विश्व कीर्तिमान

एजेन्सी । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले विश्व कीर्तिमान बनाएको छ ।

नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८ रन बनाउँदै आफ्नै कीतिमान तोडेको हो ।

यो एकदिवसीय इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०१८ मा इङ्ग्ल्यान्डले अस्ट्रेलियासँगको खेलमा चार सय ८१ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डले सर्वाधिक योगफल बनाउँदा जोस बटलरले ७० बलमा नटहाउट एक सय ६२ रन बनाए । उनले १४ छक्का र सात चौका प्रहार गरे ।

यस्तै डेविड मलनले एक सय २५, फिलिप साल्टले एक सय २२ र लायम लिभिङस्टोनले २२ बलमा ६६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077