Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रतिगमनको राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् ।

आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए ।

‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’

उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए ।

संघीयता समस्या नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ । ‘संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको कुरा हो । कामको तरिका र दृष्टिकोणको समस्या हो’, अध्यक्ष नेपालको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077