Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको हो ।

यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो। उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो।

यो सम्झौताका लागि पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले पत्र लेखेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077