Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूतपूर्व गोर्खाको समस्या समाधान गर्न बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

काठमाडौं । बेलायतका मन्त्री र नेपाली राजदूतबीच भेट भएको छ।

गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो।

वार्ताको वातावरण बनाउन बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ।

छलफलमा उपनियोग प्रमुख , मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077