Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

एजेन्सी । अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । यसबारे त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा प्रकाशित समाचारमा पक्तिका प्रान्तका विध्वंश देखिएको छ । दुर्गम क्षेत्रमा हेलिकोप्टरले पीडितलाई अस्पताल पुर्याइरहेको पनि देख्न सकिन्छ ।

स्थानीय बख्तर समाचार एजेन्सीले मृतकको संख्या बढ्न सक्ने बताउँदै ६ सयभन्दा बढी घाइते भएको जानकारी दिएको छ ।

स्थानीय समयानुसार मंगलबार राती साढे एक बजे दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077