एजेन्सी । अफगानिस्तानमा मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।
अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।
त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो ।
त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ । यस्तै लगभग ६ सय घाइते भएका छन् ।