Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज (बुधबार) साँझ शपथ ग्रहण गरेका छन् ।

शपथपछि नवनिर्वाचिन अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।

एन्फा नेतृत्वका लागि गएको सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए । निर्वाचित १९ जनामध्ये सदस्य मणिराज विष्ट भने पितृशोकका कारण सपथ कार्यक्रममा उपस्थित हुन पाएनन्। अन्य १८ जनालाई एन्फा निर्वाचन समितिले सपथग्रहण गराएको थियो।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१ औं साधारणसभाबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077