Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारबाहीमा परेका खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाहीमा परेका खेलाडीलाई ससम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । प्रशिक्षणकसँग विवाद हुँदा राष्ट्रिय टोलीका १० जना खेलाडी मैदान छाडेका थिए ।

मैदान छाडेपछि अनुशासन उल्लंघन गरेको भन्दै अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईलगायत १० खेलाडीलाई कारबाही गर्ने निर्णय गरेका थिए ।

खेलाडीसँग सम्बन्ध सुधारका लागि एन्फाका नवनिर्वाचित कार्यसमितिले बुधबार उनीहरुको कारबाही फुकुवा गरेको हो । त्यस विषयमा छलफल र समन्वय गर्न महासचिव किरण राईलाई एन्फाले जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077