Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरीमा चार महिला एकैपटक डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार महिला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयले बुधबार राति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको थियो । जसमा चारजना महिला पनि एकैपटक डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । १७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।

०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् ।

उनीहरू चारैजनाको अब आईजीपी बन्ने सम्भावना कायम छ । प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077