Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्यांकरमा फल्सबटम बनाई नेपालबाट भारततर्फ लागूऔषध तस्करी, ५२६ किलो गाँजासहित दुई नेपाली भारतमा पक्राउ

वीरगञ्ज । पेट्रोलियम पदार्थ लिनका लागि भारतको बैरेनी तर्फ जाँदा गरेको नेपाली ट्यांकरबाट भारतीय प्रहरीले ५ सय २६ किलोग्राम लागूऔषध गाँजासहित दुई नेपालीलाई पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार वीरगञ्जको अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) बाट पास भएर भारततर्फ गएको ना ७ ख ३७०५ नम्बरको ट्यांकरबाट गाँजा बरामद भएको हो ।

भारतीय प्रहरीले ट्यांकरमा फल्स कम्पार्टमेन्ट बनाएर ३७ वटा बन्डलमा बेरिएको अवस्थामा ५ सय २६ किलोग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका दुई नेपालीको पहिचान अहिलेसम्म खुलाइएको छैन ।

नेपालबाट ठूलो मात्रमा गाँजा एउटा ट्यांकरमा लुकाएर भारतको दक्षिण पूर्व क्षेत्रतर्फ लग्न लागिएको विशेष सूचनाको आधारमा भारतीय प्रहरी र कस्टमले संयूक्त अप्रेसन चलाएर ट्यांकरलाई पक्राउ गरेको हो ।

मध्यराती रक्सौलको आइसिपी अन्तर्गत पर्ने बाइपास सडकखण्डमा रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ । गाँजाको भारतीय मूल्य करिव १ करोड ३१ लाख पर्ने पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077