Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । वर्षासँगै पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ ।

बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका छन् ।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।

पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077