Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेद्वारा पोखरा महानगरको नगरसभा बहिष्कार

पोखरा । नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै कास्कीको पोखरा महानगरपालिकाको नगर सभा एमालेले बहिष्कार गरेको छ। पोखरा महानगरको नगर सभामा एमालेको बहुमत छ। नगर सभामा प्रस्तुत भएपछि मात्र राता किताब छापिनुपर्छ भन्ने माग गर्दै एमालेले बहिष्कार गरेको वडा १७ कि वडाध्यक्ष राधिका योगीले बताइन्।

एमालेका सदस्यहरू बाहिरिएपछि नगर प्रमुख धनराज आचार्यले कार्यक्रम स्थलमा आएको बजेटबारेको किताब रातो किताब नभएको बताएका छन्। उनले एमालेका सदस्यहरूलाई सभामै बस्न अनुरोध गर्दै महानगरस्तरीय योजनाहरू वडाबाट आउन बाँकी रहेका कारण रातो किताब नै नआएको उल्लेख गरे।

‘वडाका कुराहरू यो बजेटमा राखिएको नै छैन। वडादेखि महानगरसम्मको बजेट पनि संशोधन गर्ने हो। लिजामा कम अङ्क आउने भएका कारण आज ड्राफ्ट मात्रै भए पनि ल्याएको हो,’ एमालेका सदस्यहरूलाई सम्झाउँदै उनले मञ्चबाट बोले, ‘यो बजेटको ड्राफ्ट मात्रै हो। यो बाँड्नको लागि ल्याएको पनि होइन। महाशाखाहरूले रातभर नसुतीकन राम्रो बजेटका लागि काम गर्नुभएको छ। यो रातो किताब होइन। अब छलफल गरेर बल्ल संशोधन सहितको फाइनल कपी तयार हुने हो।’

आज दिउँसो ४ बजेका लागि पोखरा सभागृह पोखराको ११ औँ नगर सभाको आयोजना गरिएको थियो। महानगरका मेयर धनराज आचार्यको अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077