Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमतीको घाँटी कसेर हत्या, शव स्याउलाले पुरेर प्रहरी कार्यालय पुगे श्रीमान

अर्घाखाँची । अर्घाखाँचीमा पतिले पत्नीको हत्या गरी आत्मसमर्पण गरेका छन् ।

जिल्लाको मालारानी गाउँपालिका २ डाँडाकटेरीका २७ वर्षका कमल भुसालले २७ वर्षीया पत्नी सरु भट्टराईको हत्या गरी इलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अनुसार शुक्रबार दिउँसो करिब साढे २ बजे पतिपत्नी दुवैजना घरनजिकैको जंगलमा घाँस दाउरा लिन गएका थिए ।

जंगलमा पुगेर आफ्नै कम्मरमा बाँधेको गम्छाले पत्नीको घाँटीमा कसेर हत्या गरी नजिकैको खोल्सीमा स्याउलाले छोपेर कमलले ‘श्रीमतीको हत्या गरेँ’ भनेर आत्मसमर्पण गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077