Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय क्रिकेट : श्रीलंकासँग अस्ट्रेलिया विजयी

एजेन्सी । श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।

कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो ।

तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

श्रीलङ्का दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले विजयी हुँदै श्रृङ्खला जितेको थियो ।

त्यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो । यी दुई देशबीच दुई टेस्ट श्रृङ्खला पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077