Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा एसका चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।

एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकले चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको हो ।

सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने सचिवालयले निर्णय गरेको थियो ।

यस्तै बहालवाला मन्त्रीहरुले नयाँलाई अवसर दिने भए जेठ २२ मा सबै पुरुष र गैरसांसद राखेर पठाइएको सूची संशोधन गर्नुपर्ने अडान लिएका थिए ।

समाजवादीको निर्णयबाट हट्ने सूचीमा परेका उनीहरुले सांसदहरु धनबहादुर बुढा, कृष्णलाल महर्जन, निरा जैरु र हिराचन्द्र केसीको नाम पार्टीमा पठाएका थिए। उनीहरुले मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्री बनाउन भनेका थिए ।

तर केन्द्रीय कमिटी बैठकपछि बोल्ने समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री हुने नेताको सूचीमा हेरफेर नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077