Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चतुरबहादुरले चतुर्‍याईं गरेर नेपालको क्रिकेट खत्तम पारे : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा संघीय सांसद गोकुल बास्कोटाले नेपाल टी–२० लिग क्रिकेट व्यवस्थापन अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) लाई दिँदा भारतीय कानूनअनुसार गरेको भन्दै आपत्ती जनाएका छन् ।

संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै बास्कोटाले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतूरबहादुर चन्दले चतुर्‍याईं गरेर नेपालको क्रिकेट खत्तम पार्न लागेको आरोपसमेत लगाए ।

‘यो सम्झौता कार्यान्वयन हुनु हुँदैन । यो सम्झौता च्यातिनुपर्छ, रद्ध हुनुपर्छ । गर्ने भए संशोधन गरेर नयाँ सम्झौता हुनुपर्छ,’ टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौतापत्र देखाउँदै बास्कोटाले भने, ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । खेलकुदमन्त्रीले जवाफ दिनुपर्छ ।’

सन् २०१० को विश्वकप जितेर टुक्रिन लागेको स्पेन एकतावद्ध भएको तथा खेलकुदले नै अमेरिका–चीन टकाराव अन्त्य गरेको उदाहरण दिँदै सांसद बास्कोटाले खेल क्षेत्रमात्र देशको एकता र गौरवको क्षेत्र भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077