Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन ।

त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालेले मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077