Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगरलाई सर्वोच्चको आदेश - फेवातालको नयाँ मापदण्ड लागू नगर्नु

पोखरा । फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मानबहादुर जिसी मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले ६५ मिटर मापदण्ड घटाएर ३० मिटर तोकेको थियो । कार्यपालिका बैठकले यस्तो निर्णय गरेपछि महानगरपालिकाको चर्को आलोचना भएको थियो ।

अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले जेठ ११ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै फेवाताल लगायत अन्य तालहरुको मापदण्ड घटाउने निर्णय खारेजका लागि उत्प्रेषण र परमादेशको माग गरेका थिए ।

सर्वोच्चका न्यायाधीश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले महानगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077