Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पनि ओरालो लाग्यो नेप्से, कारोबार रकम १ अर्बमा सिमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।

कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाउनेमा दरिए । यस्तै बजारमा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्ड, जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लगायतका कम्पनी रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077