Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् ।

मंगलबार सोही नगरपालिकाको वडा नं.१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विहान ८ बजे इनार डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077