Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रचण्डलाई रिजालको प्रश्न : कुन बैरीले उचाल्यो र एमाले नेता–कार्यकर्तामाथि आँखा लगाएको ?

काठमाडौं । नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाएको टिप्पणी गरेका छन्।

आफ्ना नेता कार्यकर्ताबाट पार लाग्न संभव छैन भनेरै प्रचण्डले एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाएको उनको आरोप छ।

‘एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाउनु भनेको आफ्ना नेता–कार्यकर्ताबाट पार लाग्न सम्भव छैन भनेरै हो। हामीले  दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनु भएकै थियो।’

प्रचण्डको बुधबारको अभिव्यक्तिप्रति लक्षित गर्दै रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077