Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जुत्तामा लुकाएर बिनाको तस्करी, कोरियन नागरिक पक्राउ

काठमाडौं । कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् ।

मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । हातेझोला जाँच गर्ने क्षेत्रमा उनलाई ‘मेटल फ्री’ गराएर जाँच गरिएको थियो ।

सो क्रममा उनले लगाएको जुत्तालाई एक्सरे मेसिनमा ‘स्क्रिनिङ’ गर्दा दुवैमा सेतो रङको प्लास्टिक र टेपले बेरिएको अवस्थामा कस्तुरीको बिनाको धुलो भेटिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077