Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जंगली च्याउ खाँदा ६ जना सिकिस्त बिरामी

बुटवल । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त बिरामी परेका छन् ।

बुटवल उपमहानगरपालिका- १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त बिरामी भएका हुन् ।

बिरामीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बिरामी परेका सबैको बेहोस् अवस्थामा उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077