Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चेक अनादर विगो मुद्दाका फरार लामा वालुवाटारबाट पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्‍ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले वालुवाटाबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानुन बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077