Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा

वीरगञ्ज । जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए ।

पर्साको बहुदरमाई नगरपालिका छपकैयास्थित आर्यघाटबाट आधा जलेको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।

घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077