Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

फरवार्ड पाउलो डिबालाले छाडे युभेन्ट्स

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले क्लब छाडेका छन् ।

युभेन्ट्सले बिहीबार सामाजिक सञ्जालमार्फत डिबालाले क्लब छाडेको जनाउँदै उनलाई धन्यवाद दिएको छ ।

सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका डिबालाले क्लबका लागि लागि २९२ खेलमा ११५ गोल गरे ।

युभेन्ट्सका लागि २८ वर्षीय डिबालाले ५ सिरी एसहित कुल १२ उपाधि जितेका छन् । त्यस्तै, युभेन्ट्सले स्पेनिस फरवार्ड अल्भारो मोराटाले पनि क्लब छाडेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077