Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ पारित गरियोस्, ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ पारित गरियोस् भन्नेप्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077