Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मुख्यमन्त्री फेर्न सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउदै काँग्रेस र माओवादी

    मुख्यमन्त्री फेर्न सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउदै काँग्रेस र माओवादी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 984
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले बागमती प्रदेशको मुख्यमन्त्री फेर्न दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।

    मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे लाई फेर्नका लागि सत्ता साझेदार दलहरुले दबाब बढाउन थालेका हुन् ।



    बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गर्दै आएका छन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा मुख्यमन्त्री फेर्न मार्ग प्रशस्त नगरे काँग्रेस र माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर दबाब बढाउने रणनीति अख्तियार गर्ने भएका छन् ।



    काँग्रेस र माओवादीको संसदीय दलको बैठकमा यसबारे छलफल भइसकेको स्रोतले जनाएको छ । दुवै दल मुख्यमन्त्री फेर्नुपर्ने पक्षमा छन् । प्रदेश सरकार परिवर्तनको चर्चा चलेसँगै मुख्यमन्त्री पाण्डेका अतिरिक्त काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ काठमाडौंमा शीर्ष नेताहरुसँग छलफलका लागि गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार