Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारीको १८ करोड हिनामिना गरेको आरोपमा अध्यक्षसहित आठजना पक्राउ

    सहकारीको १८ करोड हिनामिना गरेको आरोपमा अध्यक्षसहित आठजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जनालाई प्रहरीले प्रकाउ गरेको छ । सहकारीको करिब १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष, बिर कृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालिन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्ट कुमार महर्जन र लेखा परिक्षकद्वय हिमालय राज जोशी र दिपक राना मगर छन् ।



    संस्थाको १७ करोड ९४ लाख ७६ हजार पाँच सय १८ रुपैयाँ हिनामिना गरेको अनुसन्धानमा खुलेको सिआइबीले जाएको छ ।



    धितो जमानी नराखी ऋण प्रवाह गर्ने, नक्कली मुद्दती बचत प्रमाणपत्र दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गरी सर्वसाधरणको पैसा समेत हिनामिना गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार