Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नुवाकोटमा प्रकाश दाहालको सालिक अनावरण, प्रचण्ड भन्छन् – पर्वतारोहीहरुको सम्मान र कदर भयो

    नुवाकोटमा प्रकाश दाहालको सालिक अनावरण, प्रचण्ड भन्छन् – पर्वतारोहीहरुको सम्मान र कदर भयो

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 912
    SHARES

    काठमाडौं । सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को सालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत छोरा दाहालले आज बिहान सालिक अनावरण गरेका हुन् ।

    नेपाल पर्वतारोहण संघले निर्माण गरेको सो सालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । सालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनी समेत अंकित छ । ककनी गाउँपालिका-५ टाकुरोमा निर्मित छोरा प्रकाशको सालिक अनावरण गर्दै प्रचण्डले यसबाट पर्वतारोहीहरुको सम्मान र कदर भएको बताए ।





    सर्वोच्च शिखर सगरमाथाको आरोहण समेत गरेका दिवंगत प्रकाशको सालिक ककनीमा आवश्यकता महसुस गरेर बनाइएको उनले बताए ।

    ‘मैले पहिले त यो ठाउँमा प्रकाशको सालिक निर्माण गर्ने सन्दर्भमा कताकता अप्ठ्यारोजस्तो महसुस गरेको थिएँ। यसको उद्देश्य कसैको परिवारलाई सम्बोधन गर्ने नभएर समग्र पर्वतारोहीहरूलाई सम्बोधन गर्ने पनि भएको कारण देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणमा भूमिका खेल्ने व्यक्तित्वहरूलाई जोड्ने कुरा रहेका कारण ककनीमा सालिक निर्माण गरिएको हो,’ उनले भने।

    ककनीमा प्रकाशको सालिक निर्माणको विषय आफ्नातर्फबाट अनुरोध गरेर नभई पर्वतारोहण संघले आवश्यकता महसुस गरेर बनाइएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार