Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रकाश दाहाल स्मृति तेस्रो बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    प्रकाश दाहाल स्मृति तेस्रो बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी सम्पूर्ण पूरा भएको छ।

    आगामी असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजक अखिल नेपाल खेलकुद महासंघले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।



    प्रतियोगिताको खेलहरू काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ स्थित भंगालको सामुदायिक भवनमा हुने आयोजक संघले जनाएको छ ।



    प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा ९ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि, ५१ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७१ केजीमुनि, ७५ केजीमुनि, ८० केजीमुनि, ८६ केजीमुनि ९२ केजीमुनि र ९२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

    यस्तै महिलामा ४८ केजीमुनि, ५० केजीमुनि, ५२ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६० केजीमुनि, ६३ केजीमुनि, ६६ केजीमुनि र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

    यस अघिका संस्करणमा ओलम्पिक तौलसमूहमा मात्र समावेश गरिए पनि खेलाडीले अन्य तौलसमूह पनि खेलाउन आग्रह गरेकाले तौलसमूह थपिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार