Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

मोरङ । श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिएको हो।

शुक्रवार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीय श्रीमती बबिता मल्लिकालाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए।

घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा आज बिहान मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077