Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जुम्लामा चट्याङबाट मरे ८० भेडा, ३०० भेडा हराए

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन्। सो चट्याङबाट करिब ३०० भेडा हराएका छन्।

पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए।

अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ।

सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077