Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्लास्टिकभित्र लुकाइराखेको अवस्थामा किराना पसलबाट कटुवा पेस्तोल बरामद, सञ्चालक पक्राउ

सर्लाही । प्रहरीले कटुवा पेस्तोलसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ११ बस्ने ४३ वर्षीय छोटेलाल दास रहेकोे सर्लाहीका प्रहरी प्रवक्त मधव प्रसाद बुढाथोकिले जानकारी दिए ।

प्रहरीका अनुसार सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ११ मा उनले सुनिता किराना पसल सञ्चालन गरेका छन् । बिशेष सुराकिका आधारमा प्लास्टिकको झोलामा लुकाई राखिएको अवस्थामा १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने १ राउण्ड गोली सहित मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसंधान भईरहेको पनि सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077