Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फर्पिङबाट २७ थान नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौं । नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेक पोइन्टमा जाँच गर्ने क्रममा सर्लाहीका प्रमोद ठाकुर र गंगाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ ठाकुर र यादवलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोटसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरिएको छ । उनीहरुमाथि प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077