Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सियो पनि बन्‍दैन नेपालमा : ११ महिनामा एक करोड बढीको आयात

    सियो पनि बन्‍दैन नेपालमा : ११ महिनामा एक करोड बढीको आयात

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ ।

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको हो । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ ।



    विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ ।



    गत आर्थिक वर्ष २०७७र७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार