Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बढ्न थाल्यो आयात

    बढ्न थाल्यो आयात

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 819
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ ।

    गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम भए पनि पछिल्ला महिनामा भने यो बढ्दो व्रmममा देखिएको हो । जेठमा मात्रै नेपालले एक खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । जुन चालु आवको मासिक आयातमा सबैभन्दा उच्च हो । चैत महिनायता आयात व्यापारमा क्रमशः सुधार देखिन थालेको हो ।



    आयात बढ्दा भन्सारमा आधारित राजस्वमा पनि क्रमिक सुधार आउन थालेको छ । जेठसम्म सरकारले आयातबापत तीन खर्ब ४४ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।



    गत आवको सोही अवधिसम्म चार खर्ब ४६ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन भएको थियो । यस हिसाबले एक वर्षकै अन्तरमा करिब एक खर्बले भन्सार राजस्व घटेको छ ।

    विभागका अनुसार जेठसम्म नेपालले एक खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात गरेको छ, जुन गत जेठसम्मको तुलनामा २२.७४ प्रतिशतले कम हो । आयात र निर्यात दुवै घट्दा मुलुकको व्यापार घाटा पनि कम भएको छ ।

    जेठसम्म नेपालको व्यापार घाटा १५.२१ प्रतिशतले कम भएर १३ खर्ब ३७ अर्ब पुगेको छ । गत आवको जेठसम्म नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपियाँ थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार