काठमाडौं । क्यानडासँगको एकदिवसीय क्रिकेटमा नेपाललले लज्जापद हार व्यहोरेको छ । बुधबार राति भएको अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको हो । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो ।
नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए । ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए ।
क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुईरदुई विकेट लिए । त्यसअघि किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको अविजित साझेदारी गरेका थिए । श्रेयस ५० रन र खालिद ३० रनमा अविजित रहे । क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले एकरएक विकेट लिए । नेपालले यसअघि क्यानडामा स्थानीय क्लब ओन्टारियोसँग भएको दुई वटा अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजको तयारीको लागि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको हो।
विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ ।