जनकपुर । मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ ।
राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो ।
उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम हुन लागेको जनाइएको छ । आज बिहान जानकी मन्दिरमा दर्शन गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलमा कार्यक्रम सुरु हुनेछ ।
सो कार्यक्रममा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदान प्रदान तथा छलफल, जनकपुरधाम साझा प्रतिबद्धता, २०९७ घोषणा, औपचारिक कार्यक्रम समापनपछि दिउँसो जनकपुरधाम–कुर्था–जनकपुरधाम रेल यात्रा समेत गर्ने कार्यतालिका रहेको छ ।