Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिकी प्रतिनिधिको उपस्थितीमा ललितपुरमा चीन विरोधी गतिविधि, प्रहरी मुकदर्शक !

    अमेरिकी प्रतिनिधिको उपस्थितीमा ललितपुरमा चीन विरोधी गतिविधि, प्रहरी मुकदर्शक !

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएसँगै नेपालमा चीन विरोधी गतिविधि बढ्न थालेको छ । पछिल्लो समय नेपाली भूमी प्रयोग गर्दै अमेरिकी योजनामा चीन विरोधी गतिविधि बढ्न थालेका हुन् ।

    त्यसको एक महत्वपूर्ण उदाहरण हो । चीन विरोधी गतिविधिमा संलग्न प्रमुख धार्मिक गुरु दलाई लामाको जन्मदिन । यसअघि स्वतन्त्र तिब्बत अभियान्तालाई पक्राउ गर्दै आएको भएपनि अहिले भने प्रहरीकै आडमा खुलमखुल्ला धर्मगुरु दलाई लामाको ८७औँ जन्मोत्सव धुमधामसँग मनाइएको छ ।



    बुधबार जावखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा मनाइएको लामाको जन्मोत्सवको कार्यक्रममा अमेरिकी दूतावासका कन्सुलरदेखि युरोपेली युनियनकी राजदूतसम्म सहभागी भएका थिए । यसअघि नेपालमा यसरी खुलमखुलारूपमा दलाई लामाको जन्मोत्सव मनाउन र तिब्बती शरणार्थीसम्बन्धी कार्यक्रम गर्न रोक लगाइएको थियो । अहिले पनि त्यो प्रतिबन्धात्मक अवस्था यथावत नै रहेको छ ।



    तर बुधबार जिल्ला प्रहरी परिसर ललितपुरको आँगनकै छेउमा रहेको तिब्बती शरणार्थी क्याम्पमा चीनबाहेकका सारा विदेशी प्रतिनिधिहरू जम्मा भएर दलाई लामाको जन्मोत्सव मनाउँदा पनि ललितपुरका एसएसपी यज्ञ विनोद पोख्रेलले नदेखे जस्तै गरे । सो गतिविधी रोक्नु पर्ने भएपनि प्रहरी मूकदर्शक बनेको आरोप छ ।

    चीन विरोधी गतिविधि गरेकै कारण भारतमा निर्वासित जिवन विताइरहेका लामाको पक्षमा नेपालमा जो कोहीले केही गतिविधी गरे पक्राउ गरेर मुद्दा समेत लगाइन्छ । किनभने नेपालले एकचीन नितिमा हस्ताक्षर गरेको छ ।

    कार्यक्रममा अमेरिकी दूतावासका सहायक राजदूत म्यानुअल पी माइकलर, युरेपेली युनियनकी राजदूत नोन डेप्रेज, जपानी दूतावासका सचिव योसिनो योमिकोलगायतका विदेशी दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार